१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

देशमा सुशासन छैन भन्दा पनि हुन्छः डा. शेखर कोईराला

देशमा सुशासन छैन भन्दा पनि हुन्छः डा. शेखर कोईराला
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताउनु भयो । उहाँले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताउनु भयो । उहाँले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको बताउनु भयो । नेता कोईरालाले ज्नतासँग जोडिन कन्जुस्याईं गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने जिकिर गर्नुभयो ।

नेता कोईरालाले भन्नुभयो, ‘हामी राजनीति त गर्छौं तर जनतासँग धेरै टाढा भइसकेका छौँ । जनतासँग नजोडिकन हामी राजनीति गर्न थाल्यौं भने राजनीतिज्ञ त हौंला, भइन्छ तर वास्तवमा जनताले त्यसको फाइदा राजनीतिज्ञसँगबाट लिन पाउँदैनन् । त्यसकारण हामी जो राजनीति गर्छौं, जनतासँग जोडिन अत्यन्त जरुरी छ । राजनीति गर्ने व्यक्तिहरुमा र जो प्रजातन्त्रवादी हुन्छ, त्यसमा नैतिकता भएन भने फेरि राजनीति नगरे हुन्छ । नैतिकताको धेरै अंश राजनीति गर्ने व्यक्तिहरुमा हुनैपर्छ । सहकारी क्षेत्रबाट देशलाई फाइदा हुने काम गर्नुपर्छ । अहिले हामी अत्यन्त अफ्ठ्यारो परिस्थितिबाट गइरहेका छौँ । राज्यलाई कसरी जोगाउने भन्ने बारेमा सबैभन्दा पहिला सोचौं । राष्ट्र रहेमात्र हामी अघि बढ्ने हो । यसैगरी घिचघिच गरेर देश चलाउने हो भने हामी कहीँको रहँदैनौँ । देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ । श्रीलंका नबनोस् भन्नका लागि दण्डहीनताको अन्त्य गर्नुपर्ने जरुरी छ । भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ । सुशासन दिन सक्नुपर्छ । यो देशमा सुशान छँदै छैन भनेपनि हुन्छ ।’

नेता कोईरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताउनु भयो । आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने बताउनु भयो ।