२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै



अ+ अ-

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउनुहुने भएको छ । उहाँ बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अस्वीकार गरेको केही सातापछि उहाँ नेपाल आउन लाग्नु भएको हो । उहाँले एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेल्नुभएको थियो ।

स्रोतका अनुसार उहाँ दुईदिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आउनुभएको थियो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसकेको छ । तर, अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन ।