काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडाबाट प्रचण्ड सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । प्रचण्डसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटार पुगेका छन् ।
मन्त्रालयको भागवण्डाका साथै मन्त्री परिषद विस्तारबारे तीन नेताले छलफल गरेको स्रोतले बताएको छ ।