काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी परित्याग गरेका छन् । उनले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र आफ्नो स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाउँदै एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा चयन भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाउँदै आएका थिए ।
एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि नयाँ पार्टीमा लाग्ने घोषणा गरेका थिए । तर एकीकृत समाजवादीले जनताका बहुदलीय जनवाद छाडेको भन्दै उनले माधव नेपालसँग जवाफ मागेका छन् ।
२०५४ सालमा एमाले फुटाई नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले परित्याग गरेका छन् ।