२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको सीमा नजिकै २० भन्दा बढी म्यानमारका सेनाको मृत्य



अ+ अ-

एजेन्सी । म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ । 

फेब्रुअरीमा सैन्य विद्रोह भएदेखि म्यानमारमा चर्केको द्वन्द्वका कारण देशभर नै झडप र मृत्युका घटनामा वृद्धि भएको छ । म्यानमारको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेशनल डेमोक्रेटिक गठबन्धन (एनडीए) ले गत बर्षको नोभेम्बरमा सम्पन्न निर्वाचनमा ल्याएको मत परिणामलाई यहाँको सैनिक नेतृत्वले अस्वीकार गरेपछि देशभर एनडीए समर्थक नागरिक र सरकारी सुरक्षाकर्मीहरूबीच झडपहरू भइरहेका समय चीनको सीमा नजिकै सक्रिय अर्को विद्रोही समूहले उक्त आक्रमण गरेको बताइएको छ । उक्त समूहले पनि सैनिक विरोधी लडाईमा एनडीएलाई सघाउँदै आएको छ ।

उक्त समूहका प्रवक्ता तथा स्थानीय सञ्चारमाध्यमहरूमा आएका रिपोर्ट अनुसार अगस्त २८ मा सैनिकहरूले म्यानमार राष्ट्रिय डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडीएए) बाट आधार जफत गर्न खोज्दा शान राज्यको मोङकोमा मुठभेड भएको हो । 

“उनी (सैनिक)हरू हाम्रो आधार क्षेत्र कब्जा गर्न आएपछि झडप भएको छ । हाम्रो समूहले उनीहरूलाई पहाडको टुप्पोमा बसी प्रतिकार गर्दा केही सैनिकको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । 

विद्रोहीले सैनिक अघि बढेपछि आफ्नो आधार इलाकालाई जोगाउन प्रतिकार गरेका  छौँ ,” भूमिगत दल एमएनडीएका प्रवक्ताले एएफपीलाई बताए । उनका अनुसार अगस्त २८ मा पन्ध्र जना सैनिक मारिएको र सेप्टेम्बर १ मा पुनः भएको झडपमा थप आठ जना को मृत्यु भएको छ भने उक्त घटनामा उक विद्रोही लडाकूको मृत्यु भएको छ भने केही घाइते भएका छन् । 

सेनाले अगस्त २८ मा भएको मोङकोमा एमएनडीएएसँगको लडाइँमा एक अधिकारी र अन्य दर्जाका केही कर्मचारी मारिएको पुष्टि गरेको छ भने पछिल्लो घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । 

म्यानमारमा २० भन्दा बढी जातीय विद्रोही समूहहरू छन् जसमध्ये धेरैले देशको सीमावर्ती क्षेत्रहरूमा इलाका राखेका छन् । स्वायत्तताको विषयमा अस्वस्थ संघर्ष गर्दै आउका उनीहरू मुनाफादायी औषधी उत्पादन तथा प्राकृतिक स्रोतसाधनको नियन्त्रणका लागि एकअर्काबीच वा सरकारी सेना विरुद्ध सङ्घर्ष गर्दै आएका छन् ।