२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबारबाट मनकामना केबुलकार चल्ने



अ+ अ-

चितवन । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।

मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उहाँले भन्नुभयो, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।” 

इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उहाँको भनाइ छ । मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।