२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

छक्कापञ्जा ४ को छायांकन शुरु



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन शुरु भएको छ । सोमवार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन शुरु गरिएको हो ।

दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बि.सी.ले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ । सञ्चारकर्मीहरुसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी नरहेको बताउनु भयो । उहाँले एकअर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताउनु भयो ।

उहाँले फिल्ममा शहरको कथावस्तु रहेको बताउनु भयो । त्यस्तै कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु लेख्न धेरै गाह्रो भएको बताउनु भयो । उहाँले आजभन्दा दुई महिना अघि नै शुरु गर्नुपर्ने भएपनि कथावस्तु सक्न गाह्रो भएको बताउनु भयो ।

त्यस्तै कलाकार जितु नेपालले दीपकराज गिरीसँग कुनै झगडा नभइ समयसमयमा आफ्नो स्वभाव र कार्यव्यवस्तताका कारण काम गर्न नपाएको बताउनु भयो ।

फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ ।