१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

साझा सवालमा देउवाको हप्कि खाएका ढकाल निर्वाचनमा लड्न डडेल्धुरा तर्फ

साझा सवालमा देउवाको हप्कि खाएका ढकाल निर्वाचनमा लड्न डडेल्धुरा तर्फ
अ अ+ अ-

काठमाडौं । पाँच वर्ष अघि बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले झपारेर चर्चामा आएका गुल्मीका सागर ढकाल देउवा विरुद्ध चुनाव लड्न डडेल्धुरा भएका छन् ।

पटक पटक असफल व्यक्तिहरुले राज्य संञ्चालन गरेको भन्दै ढकाल सामाजिक सञ्जाल मार्फत डडेल्धुरा यात्राका बारेमा लेखेका छन् ।

चुनावको तयारी को लागि नाइट बसमा डडेलधुरा तिर लागियो । म जहा जान्छु, चाहे त्यो नेपाल होस् या सुडान या किर्गिस्तान, ४(६ महिनामा सफल काम गर्ने मोडेल बनाएर छोडेको छु। यो पनि त्यहि प्रयासको एक अंश हो।

हामीले सकेको कम भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौ। हेलिकप्टर र गाडीका ताति छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौ। ठुला(ठुला सभा हलका भाषण सुन्ने कार्यक्रम पुर्ण रुपमा छोडेर चौपारी वा सडकमा, पानिसंगै रुझेर , बसेर आमाबुवा, छोराछोरी र साथिहरू संग भालाकुसारी गर्नेछौ।

घोषणापत्र होइन कार्यान्वयन पत्र छिट्टै सार्वजनिक गर्नेछौ। सिंगापुर र चिन जस्तो एक पुस्तामै आमुल कायापलट हुने गरी विकास गर्न सक्छौ कि सक्दैनौ अहिले भन्न सकिन्न र थाहा छैन तर अबको २-३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौ।

हामी असामान्य हुनेछैनौ , सामान्य भन्दा सामान्य हुने प्रयास गर्नेछौ। हामी यति सम्म सामान्य हुनेछौ कि गाउको जोसुकै व्यक्ति डेलिभरी गर्न सक्छ भने उ राजनितिमा आउने आंट गरोस्।

सहर र गाउमा आँखाभरी सपना, तिक्ष्ण डेलिभरि गर्ने दिमाग र पीडा नै पीडा भरिएको एक युवाले हामीबाट धेरै भन्दा धेरै कुरा सिक्न सकोस् ।

तसर्थ हाम्रो र मेरो हरेक राजनीतिक कदम यसरी लिइनेछ ताकी करोडौ युवाले जस्ताको तेस्तै एक एक पाइला कपि गर्न सकुन् ।

मेरो र हाम्रो हरेक खर्च मिति र सके समयसंगै, मिनेट र पैसामा हिसाब गरेर सार्वजनिक गर्ने छु, सबै चिज सके सम्म अनलाइन नै तिर्ने प्रयास गर्ने छु। हरेक गाउ गाउ सहर सहरमा निसास्सिएका युवाहरुमा पुराका पुरा शुद्ध हावा र स्वास फेर्ने वातावरण बनाउने छौ।

अर्को पटक डडेलधुरा जाँदा चुनावको मिति सार्वजनिक हुनेछ। मेरो प्रतिस्पर्धि सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासंग डडेलधुरा लोकल नाइट बसमा (सुरक्षित बनाएर) हात समाएर नातिसंगै जान यहि पोस्ट मार्फत हजुरबुवालाइ अनुरोध गर्न चाहन्छु । सुन्छु डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनितिमा आउनु भएको हजुरबुवाले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन, नेपाली जनताको पीडा सत्ताको मोहमा बिर्सनु भएको छ।

परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ। डडेलधुरा पनि पाँच वर्षमा एक पटक जान पनि हम्मे हम्मे पर्छ रे । यस पटक उहाँलाइ जमिन टेकाउने प्रयास गर्नेछु। हजुरबुवालाइ नातिले डोर्याएर जमिन टेकाउनेछ। जनतालाइ पीडा कति छ, कति आत्तिएका छन् भन्ने कुरा नातिले हजुरबुवाको आखा कमजोर भए पनि गाँउ गाँउ र सहर सहरबाट कानमा घन्किने गरि आवाज उठाउनेछ ।

हजुरबुवा(नातिको जोडि पनि मिल्छ। आशा छ हजुरबुवाले नातिलाइ माया गर्नु हुनेछ, नातिले हजुरबुवालाइ बेजोड माया गर्छ , सुनाइदिनु होला। त्यहि कारणले अब हजुरबुवालाइ आराम दिने निर्णय नाति पुस्ताले गरेको छ। आशा छ हजुरबुवाहरु चाढै रिटायर हुनुहुनेछ। हजुरबुवा रिटायर भएको दिन नातिहरुले झुलंगामा राखेर , शान्तिको पाठ गराउदै , मिठ्ठो‌ चिया पकाएर खान दिनेछन्।

हजुरबुवाको र्याल तपाइको छोराछोरिहरुले स्याहार्दैनन् किनकि तपाइहरुले आफ्ना छोरा-छोरिलाइ पीडा दिनुभएको छ तर नाति-नातिना पुस्ताले पुस्दिन पनि तयार भएर बसेको छ। हजुरबुवाहरुलाइ सम्पुर्ण स्याहार सुसार गरिनेछ। हजुरबुवाहरुलाइ हामी नातिहरुले निकै माया गर्छौ र अबको ५-७ महिनामा देशको हरेक कुना-कुनाबाट हजुरबुवाआमाहरुलाइ नाति-नातिनाहरुले नै ससम्मान रिटायर पनि गराउछौ ।

सबैको भलो होस् । ओम शान्ति