१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्रौपदी मुर्मुले लिइन् भारतको राष्ट्रपतिको सपथ



अ+ अ-

नयाँदिल्लीः भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले आज राष्ट्रपति पदको सपथ लिनु भएको छ । नयाँदिल्लीस्थित संसद भवनमा राष्ट्रपति मुर्मुले सपथ लिनु भएको हो । उहाँलाई भारतका प्रधान न्यायाधीश एनभी रमनले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो ।

उहाँ भारतको पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बन्नु भएको हो । द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीले उम्मेदवार बनाएको थियो । उहाँको विपक्षमा वरिष्ट राजनीतिज्ञ यशवन्त सिन्हा उठ्नु भएको थियो ।

राष्ट्रपति पदको सपथ लिनु अघि मुर्मुले राजघाट पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो । साथै उहाँले निवर्तमान राष्ट्रपति रामनाथ कोविन्दसँग पनि भेटघाट गर्नु भएको थियो ।

संसदको सेन्ट्रल हलमा आयोजित समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, सभामुख, राज्यसभाका अध्यक्ष, उपराष्ट्रपति, मन्त्रीहरु, सांसदहरु, विभिन्न पार्टीका नेताहरु, समाजका गण्यमान्य व्यक्तिहरुको उपस्थिति थियो ।

सपथ लगत्तै मुर्मुले राष्ट्रपति भवन पुगेर पदभार ग्रहण गर्नु भएको थियो ।

सपथका अवसरमा सम्बोधन गर्दै उहाँले आफू सन् १९४५ मा भारत स्वतन्त्र भएपछि जन्मिएर पहिलो राष्ट्रपति बन्न सफल भएको बताउनुभयो । भारत स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा आफू राष्ट्रपति हुन पाएकामा आफूलाई गर्वको महशुस गरेको पनि बताउनुभयो ।

Image

Image

Image