२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले जनायो आपत्ति



अ+ अ-

काठमाडौं । सरकारले भारतका प्रधानमन्त्री मोदीको प्रतिष्ठामा आँच आउने खालका गतिविधि नगर्न जनतालाई चेतावनी दिएको छ ।

गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा आपत्ति जनाएको हो । 

 ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्खल र निन्दनीय गतिवधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ

विज्ञप्तिमा भारतीय प्रधानमन्त्री मोदीको नाम उल्लेख गरिएको छैन तर केही दिन पहिले काठमाडौंमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले मोदीको पुत्ला जलाएको सन्दर्भमा यो विज्ञप्ति जारी गरिएको बुझिएको छ ।