२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुपिटर बने तनहुँकै कान्छा क्षेत्रीय प्रतिनिधि



अ+ अ-

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं ५ बाट सत्तारुढ नेपाली कांग्रेसका एक १९ वर्षीय किशोर (तनहुँ जिल्लाकै कान्छा ) क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । 

शुक्रबार भएको नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि म्याग्दे गाउँपालिका वडा नं ५ बाट जुपिटर वाग्ले क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । 

उनी जनज्योति क्याम्पस भिमादमा विद्यार्थी राजनीति गर्दछन् । 

सानै उमेरदेखि राजनीतिमा सक्रिय वाग्ले युथ कांग्रेस नेपालको तनहुँ जिल्ला सदस्य हुन् भने युथ कांग्रेस नेपाल म्याग्दे गाउँपालिकाका संयोजक पनि हुन् । 

यस्तै तरुण दल म्याग्दे गाउँपालिका वडा नं ५ का सहसचिव पनि रहेका वाग्ले विभिन्न सामाजिक संगठनहरुमा सक्रिय रहँदै आएका छन् ।