२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानु मण्डलको बायोपिक बन्दै



अ+ अ-

एजेन्सी । रेलवे प्लेटफर्ममा गीत गाएर चर्चित बनेकी रानु मण्डलको बायोपिक बन्ने भएको छ । लता मंगेशकरको गीत ‘एक प्यार का नगमा हे’ गाएर उनी एकाएक भाइरल भएकी थिइन् । 

त्यसपछि संगीतकार एवं गायक हिमेश रेशमियाले २०२० मा रानुलार्य आफ्नो फिल्ममा गीत गाउने अवसर दिएका थिए । यद्यपि त्यसपछि रानु मण्डल गायब नै भइन् । 

बायोपिक फिल्मको नाम ‘मिस रानु मारिया’ रहेको छ जसलाई ऋषिकेश मण्डलले निर्देशन गर्दैछन् । फिल्ममा रानु मण्डलको भूमिकामा बंगाली एवं हिन्दी फिल्ममा काम गरिसकेकी अभिनेत्री इशिका डे रहनेछिन् । फिल्मको सुटिङ कोलकता र मुम्बईमा हुने बताइएको छ ।