२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा पानीमा डुबेर बालकको मृत्यु



अ+ अ-

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर एक बालकले ज्यान गुमाएका छन् । 

मानबहादुर बुढाथोकीको ८ वर्षीय छोरा एलस बुढाथोकीको पानीमा डुबेर आइतबार मृत्यु भएको हो ।

घर नजिकै रहेको धौलेचौर भन्ने ठाउँमा पानी संकलनका लागि बनाइएको पोखरीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।