काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा अहिले नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।
खेलमा भारतले अग्रता दोब्बर पारेको छ । खेलको ६२ मिनटेमा फारुक चौधरीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै ८० औं मिनेटमा काउन्टरमा सुनील क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् ।