१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस युनियन महाधिवेशन: उम्मेदवारीका लागि मनोनयन दस्तुर अत्यन्त चर्को



अ+ अ-

काठमाडौँ । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन बाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिसक्नुभएको छ ।

नयाँ कार्यसमिति चयन गर्ने महाधिवेशनमा उम्मेदवारी मनोनयनका लागि तिर्नुपर्ने दस्तुर निर्धारण गरिएको छ ।

अध्यक्ष पदको उम्मेदवारीका लागि मनोनयन दस्तुर रु ३० हजार राखिएको छ भने सबैभन्दा थोरै केन्द्रीय सदस्यका लागि रु १५ हजार निर्धारण गरिएको छ ।

यद्यपि पत्रकारहरुका लागि त्यति धेरै मनोनयन दस्तुर राखिएकामा तीव्र आलोचना भएको छ । श्रमजीवी पत्रकारले त्यति धेरै दस्तुर तिर्न नसक्ने भन्दै प्रेस युनियनले मनोनयन दस्तुरका नाममा व्यापार गर्न नहुने आवाज उठेको छ ।

महाधिवेशनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी सलोजा अधिकारीले सरकारले तोकेको रु १९ हजार ५०० न्यूनतम पारिश्रमिकका लागि लडाइँ गरिरहेका पत्रकारहरुले त्यत्रो पैसा तिर्न नसक्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छन्, “नेपाल प्रेस युनियन श्रमजिवी पत्रकारको संस्था हो । सरकारले तोकेको (१९५००) न्यूनतम पारिश्रमिकका लागि लडाइँ गरिरहेका पत्रकारले यो पैसा कसरी तिर्न सक्छन् ? यो संस्था व्यापारीको होइन ।”




भर्खरै