२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावितको उद्दारमा नेपाल स्काउट, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौं । गएराति परेको वर्षा कारण अस्तब्यस्त बनेको काठमाडौं उपत्यकामा नेपाल स्काउटले उद्दार कार्य कार्य सुरु गरेको छ । सोमबार बिहानदेखी आएको अविरल बर्षाका कारण उपत्यकाका ३८२ घर डुबानमा परेका छन् । उपत्यकाका खोला किनारामा रहेका बस्ती डुबानमा परेका हुन् । 

डुबानमा परेका बस्तिहरुमा नेपाल स्काउट काठमाण्डौ जिल्ला सङ्गठन आयुक्त रञ्जनलाल श्रेष्ठको नेतृत्वमा उद्धार कार्य तिब्र बनाइएको छ ।  

अविरल बर्षाका कारण बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ । 

बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिएका छन् ।