२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्यो सुनको मूल्य, तोलाको कति ?



अ+ अ-

काठमाडौं । सातको दोस्रो दिन नेपाली बजारमा सुनको मुल्य घटेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १०० घटेको हो । 

हिजो आइनबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।  

आइतबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।