काठमाडौं । सोमबार बिहान सखुंवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको विभत्स हत्या भएको थियो । मृतकको शव मंगलबार मात्रै उठाइने भएको छ ।
सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने भएको हो ।
हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि लगिएको छ ।
घटनास्थल विकट ठाउँमा भएकाले मंगलबार मात्रै शव उठाउन सकिने प्रहरीले जनाएको छ ।