१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । 

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र  पालिकाहरूको बैठकले आउँदो असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर निर्णय गरी असोज १ गतेदेखि विद्यालय खोल्ने र त्यसको जानकारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिने निर्णय भएको हो । 

विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना भएरनभएको अनुमगन गरेर पालना गराउने जिम्मेवारी पालिकाहरूलाई दिइने छ ।