२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन दरबार सङ्ग्रहालय खुल्ने



अ+ अ-

ललितपुर । पाटन दरबार क्षेत्र मङ्गलबजारमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आउँदो बुधबारदेखि खुला गरिने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आज एक सूचना जारी गरी यही भदौ २३ गतेदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका साथै अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी गराउनुभएको छ । 

दरबार क्षेत्र खुलाउने कुरा अघि बढेसँगै आफूहरु तयारी अवस्थामा रहेको पाटन दरबार सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा  दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरेका थियाँै ।” आगन्तुकबाट उठेको रकमले कार्यालयमा कार्यरत कर्मचारीका साथै भित्र लाग्ने व्यवस्थापन खर्च जुटाउन सहयोग पुग्ने भएको लाखेको भनाइ छ । 

मुलुकमा कोभिड भित्रिनुअघि दैनिक लगभग चारदेखि पाँच सय आगन्तुकले सङ्ग्रहालय भ्रमण गर्ने गरेको लाखेले जानकारी गराउनुभयो । “यस समय प्रत्येक दिन आधा स्वदेशीका साथै यसै सङ्ख्यामा बाँकी विदेशी पर्यटकले समेत सङ्ग्रहालय अवलोकन गर्ने गर्थे”, उहाँले थप्नुभयो । 

चार महिना अघिदेखि बन्द रहेको पाटन सङ्ग्रहालय नजिकैको दरबार स्क्वायर क्षेत्र भने सधैँजसो हरेक उमेर समूहका मानिसले भरिभराउ हुने गरेको देखिन्छ । दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५औँ कला नगरी घोेषणा गरिसकेको छ । 

सो क्षेत्रमा मुलुकमै शिखर शैलीमा ढुङ्गै ढुङ्गाबाट निर्मित २१ गजुर भएको कृष्ण मन्दिर अनि भीमसेन मन्दिर तथा चारनारायण मन्दिर र नरसिंह मन्दिर रहनाका साथै अशोक स्तम्भ र हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन् । पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छ । 

पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरुको पुरानो थलो पनि हो । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाडौँ उपत्यकाका तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो शहरका रूपमा परिचित छ ।