१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास

बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास
फाईल फोटो
अ अ+ अ-

बलेवा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिँचाइका संरचना परियोजनाले तयार गरेको हो । यो अवधिमा ६१ यन्त्र तथा उपकरण किसानलाई वितरण गरिएको छ ।

जिल्लाको ताराखोला गाउँपालिकामा आलु भण्डारणका लागि प्लाष्टिक घर निर्माण भएको छ । यो जिल्लामा परियोजना सञ्चालित क्षेत्रमा बितेको आर्थिक वर्षमा तयार भएको सबैभन्दा ठूलो संरचना हो । जिल्लाभर १३ साना सिँचाइ आयोजना तयार भएको परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले जानकारीदिनुभयो ।

तीस आधुनिक बाख्राका खोर र एक पशु आहार नर्सरी स्रोत केन्द्र स्थापना भएका छन् । त्यस्तै यो अवधिमा ४० मिनीटेलर हलो, १९ चापकटर, दाना बनाउने मेसिन दुईवटा किसानलाई हस्तान्तरण गरिएको छ । आलुजोन र बाख्राजोन कार्यक्रम सञ्चालनमा रहेको बागलुङमा विभिन्न पकेट तथा ब्लकमार्फत परियोजनाले संरचना निर्माण तथा प्रविधि हस्तान्तरणमा सहयोग गरेको हो । सङ्घीय, प्रदेश र स्थानीय सरकारमार्फत स्रोत परिचालन हुने परियोजनाअन्र्तगत बागलुङमा नौवटा ब्लक र ५७ पकेट क्षेत्रमा कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

“हामीले दुई जिल्ला बागलुङ र पर्वत हेर्ने गरी बागलुङमा कार्यालय राखेर परियोजना चलाइरहेका छौँ”, प्रमुख पौडेलले भन्नुभयो, “बागलुङमा प्राथमिकतामा रहेको दुग्ध उत्पादन जोन कार्यक्रम कार्यान्वयन हुन बाँकी छ, आलुजोन पहिलेदेखि नै चलेको हो भने बाख्राजोन कार्यक्रम पनि अघिल्लो आर्थिक वर्षबाट सञ्चालनमा आएको छ ।”

पकेट कार्यक्रमका लागि स्थानीय तह, ब्लकका लागि प्रदेश र जोन विकासका लागि सङ्घीय सरकारमार्फत बजेट परिचालन हुने उहाँले बताउनुभयो । उल्लेखित संरचना तथा प्रविधि हस्तान्तरणका लागि रु सात करोड ७४ लाख ६४ हजार खर्च भएको पौडेलले जानकारी दिनुभयो । बागलुङमा सबैभन्दा धेरै तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास गरिएको छ । आलु र मकैको १२–१२ र तरकारीका ११ पकेट क्षेत्र विकास भइसकेका छन् ।

जिल्लामा तरकारी, मकै, आलु, बाख्रा र बङ्गुर ब्लक क्षेत्र विकास भएका छन् । तरकारी ब्लक एक, मकै ब्लक चार, आलु ब्लक एक, बाख्रा ब्लक दुई र बङ्गुर ब्लक एकवटा सञ्चालनमा छन् । एक सय तीनवटा समूह तथा सहकारीमार्फत १९० यन्त्र तथा उपकरण किसानका हातमा पुगेकाले कृषि उत्पादन लागतमा कमी आएको र बाँझो जग्गाको उपयोग बढ्न थालेको उहाँले दाबी गर्नुभयो ।

ताराखोलामा निर्माण भएको रष्टिक घरमा १० मेट्रिक टन आलु भण्डारण गर्न सकिने भएकाले किसानले उपयुक्त समयमा उपयुक्त मूल्य लिएर आलु बिक्री गर्न सक्ने उहाँले बताउनुभयो । बाख्राजोन कार्यक्रम सुरु भएको बागलुङमा बाख्राको नश्ल सुधारमा परियोजनाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ । खोर व्यवस्थापन र नश्ल सुधारमा परियोजना सहयोगी बन्दा उत्पादन बढ्ने वरिष्ठ कृषि अधिकृत पौडेलको धारणा थियो ।