५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा यसरी मनाइँदै ‘देउडा तथा साउने सक्रान्ति पर्व’



अ+ अ-

कर्णाली । देउडा तथा साउने सङ्क्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ । आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९/साउने सक्रान्ति८० को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लैजाने प्रारम्भको दिन पनि हो ।

सरकारी तथा सांस्कृतिक दुवै हिसाबले आजको दिन निकै महत्वपूर्ण मानिन्छ । कर्णाली प्रदेश सरकारले ‘देउडा तथा साउने सङ्क्रान्ति पर्व’ को दिनलाई विशेष महत्व दिएर आज कर्णालीका प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७८ चैत २९ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार प्रदेशभर सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज प्रदेशस्थित सबै सरकारी र तथा सार्वजनिक सङ्घसंस्थामा सार्वजनिक बिदा हुनेछ । यस पर्वको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जुम्ली एकता सेवा समाज सुर्खेतले देउडाको आयोजना गरेको छ । जुम्ला खलङ्गालगायत माथिल्लो कर्णालीका सबै जिल्लामा देउडा खेलेर मनाइँदै छ ।

कर्णालीको हुम्ला, मुगु, कालिकोट, डोल्पा, दैलेखमा पनि कतै पुरुष–पुरुष त कतै महिला–पुरुष दुईतर्फ गोलो आकारमा डौडा लगाएर गीत गाउँदै शारीरिकरूपमा विभिन्न हाउभाउ देखाएर देउडा खेलिन्छ । स्वतःस्फूर्तरूपमा खेलिने देउडा खेलका लागि समय निर्धारण तथा रोकछेक गर्नुपर्ने त्यस्तो कुनै बाध्यकारी नियम हुँदैन ।

देउडा जुम्लाको सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा पनि ऐतिहासिक स्वरुपमा आज सञ्चालन गर्न थालिएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । सिञ्जा गाउँपालिका अध्यक्षसमेत रहनुभएका अध्यक्ष धितालले भन्नुभयो, “देउडा एउटा साहित्य हो । मानिसको जनजीवनमा भएका घटना तथा समाजमा रहेको सबै वस्तुस्थितिलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने यो एउटा विधा हो ।”

सङ्गीत र नृत्य दुवैको प्रतिनिधित्व देउडाले गर्ने भन्दै उहाँले यसले समाजको वास्तविकता बोल्ने र इतिहासको जगेर्ना गर्ने बताउनुभयो । अध्यक्ष धितालका अनुसार देउडाले गीत र मनोरञ्जनका माध्यमले विगत सम्झाउँछ, वर्तमानमा आनन्द दिन्छ र भविष्यको दृष्टिगत गराउँछ ।

कर्णाली देउडा समाज जुम्लाका सचिव कर्ण बुढ्थापाले सुख–दुःख, हाँसो–आँसु, खुसी–पीडा गीत देउडा गीतका माध्यमबाट व्यक्त गरिने भएकाले कर्णालीमा यो लोकप्रिय हुँदै गएको बताउनुभयो । हरेक शुभ अवसरमा खेलिने देउडाले मानव जीवनका सबै पक्षहरूलाई गीत र तार्किक अभिव्यक्तिका माध्यमबाट व्यक्त गर्दछ”, सचिव बुढ्थापाले भन्नुभयो, “यो मानव जीवनको दर्पण हो ।”

त्यसैगरी आज खीर, पनिर, तरकारी, अचारलगायतका मीठा–मीठा परिकार खाएर साउने सङ्क्रान्ति मनाइने उहाँले बताउनुभयो । उहाँका अनुसार समाज तथा व्यक्तिमा भएका सबैखाले लुतो–पुतो, रिस–राग, रोग–भोग, विकृति–विसङ्गति सकिएर जाओस् भन्दै आज साँझ राँको बाल्ने र अन्तमा जलेर सकिन लागेको राँकोसँगै विकृति र समस्याको कुटिरो (पोका) फालेर साउने सङ्क्रान्ति मनाइँदै छ ।

जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले राजधानी सुर्खेतमा दिनभर देउडा खेल्ने र आज बेलुका राँको बालेर लुतो फालेर साउने सङ्क्रान्तिको समापन गरिने जनाउनुभयो । साउने सङ्क्रान्ति पर्व देशभर मनाइरहँदा परम्परागतरूपमा मध्य तथा सुदूरपश्चिम खेलिने देउडा भने मध्यपश्चिम नेपालको कर्णाली प्रदेशले विगत तीन वर्षदेखि आजको दिनलाई देउडा पर्वका रूपमा मनाउँदै आएको छ ।