२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भेटेन ‘सर्वोत्कृष्ट कर्मचारी’, ४० कर्मचारीले पुरस्कार पाउँदै



अ+ अ-

काठमाडौं । सरकारले यो बर्ष ३० जनालाई १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिद् बैठकले निजामती सेवा दिवसको अवसर पारेर ४० जना कर्मचारीलाई पुरस्कार दिने निर्णय गरेको हो । 

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृतदेखी सर्वोच्च अदालतका सह(रजिस्टारसम्म रहेका छन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, सर्वोच्च अदालतका सह–रजिस्टार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव किरण रुपाखेती, अख्तियारका सहसचिव राजेन्द्रकुमार केसी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम, स्वास्थ्य सेवा विभागका निर्देशक डा। भीमसिंह तिंकरी छन् ।

त्यस्तै महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता हरिशंकर ज्ञवाली, महालेखा परीक्षक कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, भूमि व्यवस्थापन तथा अभिलेख विभागकी निर्देकश सुमना अर्याल वाग्ले र महिला तथा वालवालिका विभागकी नायव सुब्बा कमला ढकाल काफ्ले पनि उत्कृष्ठ निजामती सेवा पुरस्कारका लागि छनोट भएकी छन् ।

निजामती सेवा पुरस्कारका लागि भने ४ जना सहसचिव, ८ जना उपसचिव तहका कर्मचारी छनोट भएका छन् । ११ जना शाखा अधिकृत, ५ जना नायव सुब्बा र दुई जना कार्यालय सहयोगीले पनि निजामती सेवा पुरस्कार पाउँदैछन् ।