२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध पीएनजीको १३५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट



अ+ अ-

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघिको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा  पपुवा न्यु गिनी(पीएनजी) ले नेपालसामु १३५ रनको लक्ष्य दिएको छ । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले टस जितेर ब्याटिङ रोजेको थियो । 

पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनायो । पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए भने  गौडी टोकाले २२, चार्ल्स अमिनीले २३, किप्लिन डोरिगाले १५ रनको योगदानी दिए । चाड सोपरले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यता नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले ३५ रनको खर्चमा ४ विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले २(२ विकेट लिँदा सोमपाल कामीको नाममा १ विकेट रह्यो । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सोबले पहिलो बलमै विकेट लिएर रेकर्ड राख्न सफल रहे ।