२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटन र दक्षिणको बरेङ पुग्ने सडक एशियाली बैंकको सहयोगमा निर्माण



अ+ अ-

बलेवा । कहालीलाग्दो पहाडमा गोरेटो बाटो मात्रै थियो । भारी बोकेका भरिया, बच्चा बोकेका आमा र बिरामी बोकेका सुसारे सबैको बाध्यता साँघुरो बाटोमा घुँडा टेकेरै भए पनि ताराखोला पुग्नुपर्ने बाध्यता थियो । 

ताराखोला गाउँपालिकामा राज्यको ध्यान पुग्न सकेको थिएन । ताराखोला किनारको बाटो होस् वा रिजाचोकदेखि अमरभूमि, अर्गल, हिल, तारा हुँदै रुमफेदी म्याग्दी पुग्ने गोरेटोको यात्रा कष्टकर थियो । सदरमुकामबाट पश्चिममा पर्ने ढोरपाटन र दक्षिणको बरेङ पुग्ने सडक एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको थियो । ताराखोला ति दुवै सडकको पहुँचमा परेन । 

‘‘आफ्नो गाउँ आफैँ बनाऔं भन्ने उद्देश्यका साथ हामीले कुटो कोदालोमा भरमा बाटो खन्यौँ, रिजाचोकदेखि अमरभूमि, अर्गल, हिल, तारा र रुमफेदीको बाटो चिउरा र  चिया खाएर निर्माण ग¥यौँ,” स्थानीयवासी गोविन्द घर्तीले भन्नुभयो । अठार वर्ष अघि उक्त सडकको रेखा कोरिएको हो । 

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती २० किलोमिटर सडक निर्माण गर्दा पनि राज्यको ध्यान त्यसतर्फ पुग्न नसकेको बताउनुहुन्छ । “सडक फराकिलो र कालोपत्र होस् भन्ने हाम्रो चाहना थियो,” उहाँले भन्नुभयो । बाइस वर्षपछि स्थानीयवासीको सपना बल्ल पूरा हुँदैछ । हाल रिजाल चोकदेखि ताराखोला गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र शुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना, पोखराले तीन वर्षभित्र सक्नेगरी गाउँपालिकासँग सडक कालोपत्रको सम्झौता गरेको छ ।

प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम उक्त सडक कालोपत्र भइरहेको छ । सो आयोजनाका प्रमुख कुमार थापा, भौतिक पूर्वाधार सहरी तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर राम पराजुली र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैह्रेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार चाँडै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सो सडकको कालोपत्र गर्न रु ७० करोड खर्च हुने अनुमान गरिएको छ । 

प्रदेश सरकारले आयोजनाको कूल बजेटको १० प्रतिशत साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ । कालोपत्रपछि ताराखोला पर्यटकीय हब बन्ने स्थानीयवासीको विश्वास छ । सडक निर्माणपछि यहाँको स्थानीय उत्पादनले बजार पाउने छ । ताराखोला पशुपालन, घरेलु उद्योग, कृषि, पर्यटनलगायत सम्भावना भएको ठाउँ हो । (रासस)