२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–६ का १९ वर्षीय सुरेश खङ्ग रहेका छन् ।

 महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ५३१५ नं को यात्रुबाहक बस चेकका क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कालो रङ्गको झोलाभित्र लुकाएर ल्याएको नाइट्राभेट–१० लेखिएको ५८५  ट्याब्लेट लागुऔषसहित खङ्गलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पछिल्लो समय प्रहरीले सो नाकामा विशेष कडाइ गरेसँग लागुऔषध कारोबारकर्ता पक्राउ हुन थालेका छन् । (रासस)