२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक अंकपत्र तालिम निर्देशिका विमोचन कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच “सामुदायिक अंकपत्र तालिम निर्देशिका” विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

UKaid को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई थप सवल र वैज्ञानिक बनाउन तयार गरिएको उक्त निर्देशिका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, UKaid का Development Director, Nathanael Bevan, प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. आशा सिंह, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रद्युम्न कुमार कार्की र सहकुल बहादुर थापा, इन्टरनेशनल अलर्टका राष्ट्रिय निर्देशक रविना श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।