७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस युनियनको अध्यक्षमा अनिता विन्दुको पनि दावेदारी



अ+ अ-

काठमाडौँ । नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदका लागि पत्रकार अनिता विन्दुले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार विन्दुले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी साउन ६ र ७ गते हेटौँडामा हुने युनियनको नवौँ महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्षसमेत रहेकी विन्दुले संगठनको प्रमुख नेतृत्वमा पुगेर पत्रकारिता क्षेत्रलाई व्यावसायिक र विश्वसनीय बनाउँदै व्यावसायिक पत्रकारहरुको आत्मसम्मान उच्च बनाउने काममा अहोरात्र खट्ने विश्वास दिलाउने बताएकी छन् ।

यसअघि युनियनका वर्तमान कोषाध्यक्ष सरोज अधिकारीले पनि केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।