५ असार २०८३, शुक्रबार
,
Latest
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस युनियनको अध्यक्षमा अनिता विन्दुको पनि दावेदारी



अ+ अ-

काठमाडौँ । नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदका लागि पत्रकार अनिता विन्दुले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार विन्दुले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी साउन ६ र ७ गते हेटौँडामा हुने युनियनको नवौँ महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्षसमेत रहेकी विन्दुले संगठनको प्रमुख नेतृत्वमा पुगेर पत्रकारिता क्षेत्रलाई व्यावसायिक र विश्वसनीय बनाउँदै व्यावसायिक पत्रकारहरुको आत्मसम्मान उच्च बनाउने काममा अहोरात्र खट्ने विश्वास दिलाउने बताएकी छन् ।

यसअघि युनियनका वर्तमान कोषाध्यक्ष सरोज अधिकारीले पनि केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।