७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस युनियन महाधिवेशन : अध्यक्षमा उम्मेदवारी दिने अधिकारीको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल प्रेस युनियनका वर्तमान कोषाध्यक्ष सरोज अधिकारीले युनियनको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । युनियनको नवौँ महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौँडामा साउन ६ र ७ गते हुँदैछ ।

रेडियो नेपाल, इमेज टेलिभजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका अधिकारी श्रमजीवी पत्रकारका पक्षमा खरो गरि उत्रँदै आएका अधिकारी प्रेस युनियनमा संगठकका रूपमा समेत चिनिन्छन्।

उनले आफू सँधै श्रमजीवी पत्रकारको साथमा रहेको बताएका छन् । श्रमजीवी पत्रकारको पक्षमा कसैसँग सम्झौता नगर्ने, पत्रकारको हकहित र पेशागत सुरक्षा र पत्रकारको क्षमता अभिवृद्धिका लागि काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन्।