७ पुष २०८२, सोमबार
,
Latest
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित



अ+ अ-

काठमाडौँ । संघीय संसद् सचिवालयले उपसभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उपसभामुख निर्वाचनका लागि यही असार ३१ गतेको दिन तोक्नुभएको थियो ।

कार्यक्रम अनुसार यही असार ३० गते बिहीबार बिहान ११ बजेदेखि दिनको १ बजेसम्म प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गरिने छ ।

सोही दिन दिनको १ः३० बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ ।

असार ३१ गते दिनको ३ बजे प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।