५ असार २०८३, शुक्रबार
,
Latest
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिपिसीका विदेश विभाग प्रमुख लिउ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

आज सोमबार दिउँसो प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग लिउले भेट गर्नुभएको हो ।

भेटमा चिनियाँ प्रतिनिधिमण्डलसहित माओवादीका तर्फबाट कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, पम्फा भुसाल सहभागि हुनुहुन्थ्यो ।

अध्यक्ष दाहालले चिनियाँ पाहुनाको सम्मानमा रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ । लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुसँग पनि भेट गर्नुहुनेछ । ८ सदस्यीय चिनियाँ टोली बुधबार राती स्वदेश फर्कने छ ।