२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग मोबाइल व्यवसायीहरुको माग



अ+ अ-

काठमाडौं । कोभिड संकटको मारमा परेमा मोबाईल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन । 
मोबाईल व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै नेपाल मोबाईल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले  लकडाउन अवधिको घर भाडा वापतको रकम आयकरबाट समायोजन हुने व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।

उहाँले सरकारले अन्य उद्योगलाई सहुलियत ब्याजदरमा ऋण प्रवाहको व्यवस्था गरेपनि आफूहरुलाई नगरेको भन्दै असन्तुष्टि समेत गर्नु भयो । महासंघले राज्यको करछली गरि भित्रिएका मोबाईलहरुलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरु पनि लागिपर्ने प्रतिवद्धता समेत जनाएको छ । महासंघका अध्यक्ष भट्टराईले भन्नु भयो, ‘कोरोनाको यस्तो जटिल अवस्थामा राज्यले बन्द गराएको अवधिको घर भाडावापतको रकमलाई आयकरमा समायोजना गरिदिए मात्रै पनि व्यवसायीले ठूलो राहतको महशुस गर्नेछन ।

यतातर्फ राज्यको ध्यान जाओस् भन्ने जोडदार माग गर्दछु । साथै राज्यको कर छलेर अनधिकृत रुपमा भित्रिएका मोबाईललाई करको दायरामा ल्याउने सरकारको नीतिको पूर्ण पालनाको अपेक्षा गरेको छु । कर नतिरी नेपाल छिरेका त्यस्ता मोबाईलका कारण एक त राजश्व गुमेको छ भने अर्कोतर्फ अस्वभाविक प्रतिस्पर्धा सृजना भएको छ ।’

महासंघको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै मोबाईल व्यवसायीहरुले ३ अर्व ५२ करोड राजस्व राज्यलाई बुझाएका छन । महासंघका अध्यक्ष भट्टराईले आर्थिक वर्ष ०७५/७६ को तथ्यांकलाई मात्रै हेर्ने हो भने वार्षिक ४२ लाख ७५ हजार सेट मोबाईल नेपाल भित्रिएको र त्यसको विक्री गरी ३ अर्व ५२ करोड घर राज्यलाई बुझाइएको पनि जानकारी दिनु भयो ।

ठूलो मात्रामा कर तिर्ने मोबाईल व्यवसायलाई भने कोरोनाकालमा राज्यले कुनै पनि खालको सहुलियत नदिएकोमा मोबाईल व्यवसायीहरुको गुनासो छ । उनीहरुले मोबाईल व्यवसायको पुनर्जीवनका लागि पनि ऋण प्रवाहमा अन्य व्यवसायलाई जस्तै सहुलियत दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।