२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

निधीले देउवाविरुद्ध डडेल्धुराबाटै सुरु गरे संघर्ष



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर अधिवेशन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । उपसभापति निधिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज एक पत्र लेख्दै सभापतिको गृह जिल्लासमेत भएकाले क्रियाशील सदस्यता विवाद समाधानपछि मात्र वडा अधिवेशन प्रारम्भ गर्न आग्रह गर्नुभएको हो । उहाँले पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोगबिना एकपक्षीयरूपमा अधिवेशनको मिति तोकिनु अनुचित भएको बताउनुभयो ।

“यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालालाई निर्देशन वा मार्गदर्शनका लागि विनम्र अनुरोध गर्दछु”, उपसभापति निधिले पत्रमार्फत भन्नुभएको छ ।

जिल्ला कार्यसमितिको असहमतिका बीच निर्वाचन अधिकृतले २५ भदौका लागि वडा अधिवेशनको मिति तोकेपछि उपसभापति निधिले सभापति देउवालाई सम्बोधन गर्दै उक्त पत्र लेख्नुभएको हो ।