२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रा रिसालको निवन्ध सङ्ग्रह ‘आश्चर्य’ सार्वजनिक



अ+ अ-

काठमाडौँ  : प्राध्यापक शिवगोपाल रिसालद्वारा लिखित निबन्ध सङ्ग्रह ‘आश्चर्य’ आज सार्वजनिक भएको छ । भर्चुअल प्रविधिद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले आज सो निबन्ध सङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।    
    
 आश्चर्य निबन्ध सङ्ग्रहमा दार्शनिक, आध्यात्मिक र साहित्यिक विधाका गरी ३४ ओटा निबन्ध संलग्न छन् । नेपाली भाषा र साहित्यका प्राध्यापक रिसालद्वारा लिखित सो निबन्ध सङ्ग्रहमा आश्चर्य नामको एक निबन्ध छ र यसमा उहाँले सृष्टि, पृथ्वी, मानवीय उत्पत्ति र यो संसारलाई नै एक आश्चर्यका रुपमा प्रस्तुत गर्नुभएको छ ।    
    
 सो कार्यक्रममा प्रा डा गुरुङ, अर्का प्राध्यापक गोपीकृष्ण शर्मा, स्वाध्याय कार्यक्रमका संयोजक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली र उक्त निबन्ध सङ्ग्रहका प्रकाशक अनन्तगोपाल रिसालले सो निबन्ध सङ्ग्रह नेपाली भाषा साहित्य र अध्यात्मको एक सङ्गम हो भन्नुभयो । उहाँहरुले प्राध्यापक रिसालले ८५ वर्षको उमेरमा पनि पुस्तक प्रकाशन गरेर नेपाली भाषा, संस्कृति तथा आध्यात्मिक ज्ञानका क्षेत्रमा ठूलो योगदान पुर्याउनुभएको बताउनुभयो ।    
    
 प्राध्यापक शिवगोपाल रिसालको यो ७३औँ कृति हो । उहाँले यसअघि नेपाली भाषा र साहित्य, अध्यात्मिक ज्ञान र नेपाली संस्कृति विषयमा पुस्तकहरु लेख्नुभएको छ । रासस      
–––