२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्री कुँवर र आइएलओका राष्ट्रिय निर्देशक डा.रिचार्डबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ० का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराउनु भएको थियो ।

त्यस्तै मन्त्री कुँवरले आइएलओले नेपालको श्रम व्यवस्थित बनाउन र सामाजिक सुरक्षा सम्बन्धी योजनाहरुमा गरिरहेको सहयोका लागि धन्यवाद दिदै आगामी दिनमा सहकार्यलाई निरन्तार दिन आग्रह गर्नु भयो ।

उहाँले मन्त्रालयको तर्फबाट श्रमिकको हक अधिकार सुनिश्चित गरी विदेशमा सिकेको सिपलाई नेपालमै लागु गर्न पहल भइरहेकाले आइएलओलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

भेटमा राष्ट्रिय निर्देशक डा। हवार्डले नेपाललाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै, आगामि दिनमा पनि श्रमिकको सुरक्षा, न्याय र रोजगार बृद्धिका लागि गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।