२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री प्रकरणः छानबिनका लागि छ सदस्यीय समिति बन्दै



file
अ+ अ-

काठमाडौं । विवादित अर्थमन्त्रीका सम्बन्धमा संसदीय छानबिन समिति बनाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बीच सहमति भएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन समिति बनाउन सहमति भए पनि कुन मोडेलमा बनाउने भन्नेबारे कुनै निर्णय हुन नसकेको न्युजपोलारलाई बताउनुभयो ।

उहाँले छ सदस्यीय समिति गठन गर्न सहमति भए पनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिनसकेको जानकारी दिनुभयो ।

बजेट निर्माण प्रक्रियामा अर्थमन्त्री जनार्दन शर्मामाथि अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भनी आरोप लागेपछि उहाँ विवादित बन्नुभएको हो ।

अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी सिसिटिभी फुटेज १३ दिनभन्दा बढी नरहने अर्थ मन्त्रालयले जानकारी गराएपछि भने उहाँमाथि राजीनामा गर्न चर्को दबाव परेको छ ।

संसद्मा प्रमुख प्रतिपक्षी एमालेले सत्यतथ्य पत्ता लगाउन एक संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको भए पनि पछि उसले समिति गठन हुनुपूर्व अर्थमन्त्री शर्माको राजीनामा आउनुपर्ने शर्त राखेको थियो ।

अर्थमन्त्री शर्मा विवादमा आएपछि सत्ता घटक नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापाले पनि उनको राजीनामा माग गरेका थिए ।