२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी: महानिर्देशक अधिकारी



अ+ अ-

गण्डकी । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित हालै महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएका अधिकारीको स्वागत कार्यक्रममा उहाँले ठूला कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजस्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्ने बताउँदै उहाँले आफूहरूको दृष्टिमा ठूला भन्ने कोही नरहेको बताउनुभयो । राजस्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, टे«डिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताउँदै उहाँले उद्योगको हकमा राजस्व चुहावट कम रहेको र त्यसले उत्पादकत्व वृद्धिमा सघाएको उल्लेख गर्नुभयो ।

बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको र यसलाई रोक्न नसक्दा हिजो बाबुबाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरू पलायन हुने खतरा बढेको उहाँले बताउनुभयो । महानिर्देशक अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरूको संरक्षण र अवैधरूपले हुने राजस्व चुहावट रोक्नु जरुरी रहेको बताउनुभयो ।

महानिर्देशक अधिकारीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचका नाममा व्यवसायीको मानमर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गर्नुभयो । पोखरा उद्योग वाणिज्य सङ्घ अवैध व्यवसायको पक्षमा नभएको प्रष्ट पार्दै उहाँले व्यवसायीमाथि आरोप लाग्दैमा ऊ अपराधी नहुने र सफाइको मौका पाउने बताउनुभयो ।

सङ्घका महासचिव सुरेन्द्रमान विजुक्छे, सङ्घका वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य विक्रम कर्माचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीकी महिला उद्यमी समिति संयोजक रामकली खड्का, उद्योग परिसङ्घ गण्डकीका अध्यक्ष विनोद शर्मालगायतले राम्रो गर्नेलाई प्रोत्साहन तथा गलत गर्नेलाई कारबाही हुनुपर्ने बताउँदै राज्यको व्यवसायीमैत्री नीति तथा व्यवहार आवश्यक भएकामा जोड दिनुभयो ।