काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले पोजिसन क्लियर गरेपछि मात्र आफूहरुले एमसीसीबारे धारणा बनाउने बताउनु भएको छ । एमसीसी उअध्यक्ष फतिमा सुमारसहितको टोली संगको छलफलमा अध्यक्ष ओलीले एमसीसीका बारेमा सरकार स्पष्ट हुनु पर्ने बताउनु भएको थियो ।
एमसीसी उपाध्यक्ष सुमारले आफूहरु निर्णयको प्रतिक्षामा रहेको जनाउदै पास गर्ने वा अस्वीकार गर्ने निर्णय गर्न सुझाउनु भएको थियो । छलफलमा ओलीले सरकारले यसबारेमा हाल सम्म कुनै पनि छलफल नगरेको उल्लेख गर्दे आफूहरुको भूमिका भन्दा पनि सत्तारुढको भूमिका स्पष्ट हुनु पर्ने धारणा राख्नु भएको बैठकमा सहभागी एकब्यक्तिले बताउनु भयो ।