• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

कप्तान सन्दीपले लंका प्रिमियर लिग खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

एलपीएलको ड्राफ्टमा मंगलबार डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेसँगै उनले डम्बुला जायन्ट्सबाट लंका प्रिमियर लिग खेल्ने भएका हुन् ।

सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको हो । लंका प्रिमियर लिग जुलाई ३१ बाट सुरु हुनेछ ।

तेस्रो संस्करणको प्रतियोगिता अगस्ट २१ सम्म चल्ने छ । प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।