२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काभ्रेपलाञ्चोक । प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ छन् । उनलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतले २०७२ वैशाख ८ गते दुई वर्ष ६ महिना कैद सजाय गरेको थियो ।

यस्तै विगो मुद्दाअन्तर्गत ललितपुरको टीकाथली–९ स्थायी घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ४५ वर्षीय सन्तोषी बस्नेतलाई पनि पक्राउ गरिएको छ । उनलाई जिल्ला अदालतले २०७५ चैत २९ गते विगो रकम रु एक करोड २६ लाखवापत दुई वर्ष कैद सजायको फैसला गरेको थियो ।

यस्तै प्रहरीले सवारी ज्यान मुद्दाअन्तर्गत पनौती नपा–११ का २५ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको छ । उनलाई जिल्ला अदालतले २०७५ जेठ १६ गते तीन दिन कैद र रु दुई हजार जरिवाना फैसला गरेको थियो ।