१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदाधिकारीमा मतदान नगरी सहमति खोज्न प्रचण्डको प्रस्ताव



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा पदाधिकारी टुङ्ग्याउने प्रस्ताव गरेका छन् ।

मंगलबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले सहमतिमा पदाधिकारीको टुंगोमा पुग्न मतदान नगर्ने शर्त अघि सारेका छन् । बैठक पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो समितिलगायतका पार्टी संरचना बनाउनेबारे बसेको थियो ।

बैठकमा नेताहरुले भने जारी केन्द्रीय समितिको बैठकबाटै ती समितिको पदाधिकारी टुंगो लगाउनुपर्ने धारणा राखेको बताइएको छ । बैठकमा बहुमत सदस्यले पदाधिकारीसमेत टुंग्याउनुपर्ने विचार राखेका थिए ।

त्यसपछि अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम आफूले प्रस्ताव गर्ने र त्यसमा सहमति भए मतदानमा भने जान नहुने शर्त राखेका थिए ।