७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पत्राचार गर्न मातहतका निकायलाई मन्त्रालयहरुको निर्देशन



अ+ अ-

काठमाडौँ । सरकारले कूटनीतिक पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने निर्णय गरेको छ । सरकारको यही असार ६ गतेको सो निर्णयसँगै मन्त्रालयहरुले मातहतका निकायहरुलाई कूटनीतिक पत्राचार गर्दा परराष्ट्र मन्त्रालयमार्फत गर्न निर्देशन दिएको छ ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धमा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाली सेनाले अमेरिकी दूतावासमा सिधै एसपीपीमा आबद्ध हुन पत्राचार गरेको सार्वजनिक भएपछि मन्त्रालयहरुले मातहत निकायहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्ना मातहतका निकायलाई त्यस्तो निर्देशन दिएका छन् ।

नेपाली सेनाले गरेको पत्राचारले सरकारी निकायबीच नै अन्योल सिर्जना भएको भन्दै सरकारले वैदेशिक तथा कूटनीतिक पत्राचार गर्दा एकद्वार प्रणाली अपनाउने निर्णय गरेको थियो ।