२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते



अ+ अ-

वाग्मती । मकवानपुरको वाग्मतीमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् ।

आज साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्ँिटदा सिन्धुलीकी १६ वर्षीय किशोरी सलिना राईको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य २६ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएको जनाइएको छ । गम्भीरसहित सबै घाइतेहरुको हेटौँडास्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस