२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसन्त चौधरीले पाउने भए प्रतिष्ठित केएलएफ अवार्ड



अ+ अ-

काठमाडौं । वर्ष २०२०/२१ का लागि केएलएफ पोएट्री बुक अफ दी इयरको अवार्ड नेपालका चर्चित कवि बसन्त चौधरीको ‘अनेक पल औ मैं’ हिन्दी कविता संग्रहले पाउने भएको छ । भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबल (Kalinga Literary Festival) ले २०२०/२१ का लागि ‘केएलएफ बुक अवार्ड्स’को घोषणा गरेको हो । वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषीमाझ निकै चर्चित छ ।

विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरुका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् घोषणा गरिन्छ । प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्फिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरुसँग सम्बन्धित कृति, बिजिनेश बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिक लगायतका विषयमा लेखिएका पुस्तकहरुबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्दै आएको छ ।

कलिंग लिटररी फेस्टिबल(केएलएफ) अन्तराष्ट्रिय स्तरमै चर्चित साहित्य महोत्सव समेत हो, जुन प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरै मन्दिरहरुको शहरले चिनिने भूवनेश्वरमा आयोजना हुने गर्दछ । 
स्वतन्त्र अवार्ड छनौट समितिबाट छनौट भएका पुस्तकका सर्जकलाई आगामी डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने साहित्य उत्सवमा अवार्ड वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । 

कलिंग लिटररी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाले कलिंग लिटरेरी फेस्टिवलमा साहित्यकार, कलाकार, पाठक तथा अन्य कैयन सफल व्यक्तिहरुबाट कैयन नयाँ अनुभव प्राप्त हुन्छ । महोत्सवमा लेखक, शिक्षाविद, नीति निर्माता, साहित्यिक, सांस्कृतिक व्यक्तित्व, सरकारी अधिकारी, राजनीतिक तथा सामाजिक कार्यकर्ता, कानून निर्माता, कर्पोरेट जगतका हस्तीहरु, आद्यात्मिक विचारक तथा विद्यार्थी समेतको सहभागिता रहने जानकारी दिए । 

उनका अनुसार केएलएफ बुक अवार्डस् विभिन्न शैलीका साहित्यिक प्रतिभाहरुको पहिचान गर्न, उनीहरुलाई प्रोत्साहित गर्न र सम्मान गर्नका लागि अवसर प्रदान गर्ने माध्यम हो । पुरस्कारका लागि एक स्वतन्त्र निर्णायक मण्डलहरुले पुस्तकहरुको चयन गर्ने गर्छ । यस्तो मण्डलमा साहित्यकार, कलाकार तथा अन्य क्षेत्रका विद्धानहरु समेत सहभागी हुने गर्छन् ।