११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

धानको महत्व र गरिमा संस्कृतिसँग

धानको महत्व र गरिमा संस्कृतिसँग
अ अ+ अ-

काठमाडौँ । असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औँ धान दिवस मनाइदै छ । विश्वमा झन्डै चार अर्ब जनताको प्रमुख खाद्यान्न बाली चामल हो । धान उत्पादन गर्नेमध्येमा नेपाल १७औँ स्थानमा पर्छ । विश्वका ६४ देशमा धान रोपाइँ हुन्छ । नेपालीको प्रमुख खाद्यान्न बाली चामल हो ।

धानको महत्व र गरिमा संस्कृतिसँग पनि जोडिएको छ । असार पन्धकै दिन नेपालमा दही चिउरा खाने प्रचलन पनि छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणले प्रत्येक वर्षको असार १५लाई धान दिवस मनाउने निर्णय गरेपछि जनस्तरमासमेत स्थानीय कृषि सहकारी संस्था तथा अन्य समूहले पनि औपचारिक रुपले धान दिवस मनाउँदै आएका छन् । यसवर्ष धान दिवसको नारा “धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग” भन्ने रहेको छ । सरकारी आँकडा अनुसार झन्डै ३१ लाख हेक्टर जमिन खेतीयोग्य रहेकामा ४७ प्रतिशत जमिनमा मात्र रोपाइँ हुन्छ । त्यसमध्ये तराई क्षेत्रले हिस्सा ७० प्रतिशतभन्दा बढी स्थान ओगटेको छ । कृषि तथा पशुपक्षी विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ ।

रोपाइँ गर्न प्रर्याप्त पानीको आवश्यकता पर्छ तर अभैmसम्म ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । सिक्टा, महाकाली, बबई, रानी जमरा कुलरिया, र भेरी बबईलगायत राष्ट्रिय गौरवका सिँचाइ आयोजनाले पूर्णता पाउन सकेका छैनन् । नेपालमा अधिकांश स्थानमा धानखेती आकासे पानीमा निर्भर छ । वर्षा नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । राष्ट्रिय योजना आयोगको तथ्याङ्क अनुसार कृषि क्षेत्रको कूल गाहर््स्थ्य उत्पादन २७ प्रतिशत रहेकामा धानको योगदान ११ प्रतिशत छ । धानको उत्पादन घटेको वर्ष कूल गाहर््स्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गाहर््स्थ्य उत्पादनमा सकरात्मक सङ्केत देखिने गरेको छ ।

कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भात खाने आदतमा परिवर्तन नगर्ने हो भने चामलको आयात रोक्न धानको उत्पादन वृद्धिको विकल्प नरहेको जानकारी दिनुभयो ।” विभागका अनुसार संसरमा झन्डै १७ करोड हेक्टर जमिनमा धान खेती हुन्छ । खाद्य एवं कृषि सङ्गठन (एफएओ) का अनुसार सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो । चीन पछि भारत, इन्डोनोेशिया, भियतनाम, थाइल्याण्ड बङ्गलादेश, म्यान्मार, , फिलिपिन्स, ब्राजिल, जापान, पाकिस्तान, कम्बोडिया, संयुक्तराज्य अमेरिका, दक्षिण कोरीया, मिश्रपछि नेपाल अर्थात नेपाल विश्वको १७औँ धान उत्पादन गर्ने देश रहेको बताइएको छ ।

नेपालमा चैते, बर्षे र घँैया, भदैया र हिउँदेधान खेती गरिन्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्ला हो । झापालाई सरकारले धान उत्पादनको सुपर जोन घोषण गरी लागू गरेको छ । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्ष देखिको तथ्याङ्कलाई विशलेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोव्बरले वृद्धि गर्ने घोषण गरेको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालको हालको जनसङ्ख्या (झन्डै तीन करोड) जनतालाई पु¥याउन ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ तर नेपालको उत्पादन भने जम्मा ५३-५४ लाख मेट्रिक टनमा सीमित छ । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । धान गै्रमिनी ९घाँस० प्रजाति अन्तर्गतको बाली हो ।

हाल नेपालले प्रतिवर्ष रु ३० अर्बको चामल आयात गर्दै आएको छ । नेपालीको क्रयशक्तिमा भएको बढोत्तरीका कारण पिठोको सट्टा चामल खाने आदत बढ्दै गएको छ । फलस्वरुप मसिना तथा बास्नादार ९बास्मती० चामलको आयातमा वृद्धि हुँदै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिकरुपमा समेत महत्व छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले ८२ जातका धानको विकास गरेको छ । जस्मा ४२ जात हाइब्रिडका छन् ।

नेपालमा अघिल्ले वर्षको तुलनामा शून्य दलमलव दुई छ प्रतिशतका दरले धानखेती वृद्धि भए पनि उत्पादन भने आठ दशमलव शून्य चार प्रतिशतले घटेको छ । क्षेत्रफल बढे पनि उत्पादन घट्नुमा किसानलाई समयमा रासायनिक मल तथा बीऊ तथा सिँचाइ सुविधा सहज नहुनु, युवा जनशक्ति खेती गर्नबाट पलायन हुनु, आदि कारणले धानको उत्पादनमा गिरावट आएको हो । नेपाल कृषि प्रधान देश हो । हाल ६२ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ।

आज भन्दा ठीक ५४ वर्ष पहिले अर्थात विसं २०२५ मा झन्डै ९३ प्रतिशत जनता कृषि पेशामा संलग्न थिए । चवन्न वर्षपछि कृषि पेशामा लाग्ने जनसङ्ख्या ३१ प्रतिशतले घटेको छ । सरकारले धान उत्पादन वृद्धिका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धानबालीका लागि पकेट, ब्लक, जोन तथा सुपर जोन जस्ता विशिष्टकृत उत्पादन क्षेत्र निर्धारण गरी त्यस्ता उत्पादन क्षेत्रमा धानबालीको व्यवसायीकरण यान्त्रिीकीकरण तथा औद्योगिकीरणलाई प्रवद्र्धन गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । रासस