२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका मृत्यु प्रकरण: बुबाद्वारा किटानी जाहेरी



अ+ अ-

काठमाडौँ । काठमाडौँको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिनुभएको छ ।

घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसूरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको र आजै म्याद थपको तयारी रहेको जनाइएको छ । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

गायिका सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । घटनास्थलमा मोबाइल फेला नपरेको र उनको सलसमेत समेत घटनास्थलभन्दा बाहिर फेला परेकाले कर्तव्य गरी मरिएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

पक्राउ परेका श्रेष्ठ उनका प्रेमी रहेको बुझिएको छ । शव परीक्षण प्रतिवेदन आएपछि घटनाको वास्तविक कारण खुल्ने भन्दै प्रहरीले अहिलेसम्म केही भन्न नसकिने जनाएको छ । घटना हुनु अघिल्लो दिन गायिका सुनारको फेसबुक स्टेटस सार्वजनिक भएको थियो ।

त्यसमा उनले कुनै पनि बेला जे पनि हुनसक्ने र घटनामा कसैलाई दोष नदिन अनुरोध गरिएको थियो । उक्त स्टेटस दबाबमा लेखिएको आशङ्का गरिएको छ । प्रहरी स्रोतका अनुसार श्रेष्ठले त्यसदिन उनको कोठामा गएको स्वीकारे पनि हत्या आरोप अस्वीकार गरेका छन् ।