४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्पूर्ण ध्यान लगाउन कार्यकर्तालाई नेपालको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता तथा कार्यकर्ताहरुलाई अब सम्पूर्ण ध्यान आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लगाउन निर्देशन दिनुभएको छ ।

उहाँले अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा लाग्न र १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी तयारी गर्न निर्देशन दिनुभयो । उहाँले सातै वटा प्रदेशसभाका निर्वाचन क्षेत्रमा समेत उम्मेदवार तयार गर्न निर्देशन दिनुभयो ।

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकको सोमबार उद्घाटन गर्दै उहाँले पार्टीले निर्वाचनमा अधिकतम सफलता हासिल हुनेगरी वातावरण बनाउनुपर्ने र त्यसका लागि प्रत्येक कार्यकर्ता जनताको घरघरमा पुग्नुपर्ने बताउनुभयो ।

साथै उहाँले पार्टीलाई वडा तहसम्म विस्तार गर्न निर्देशन दिनुभयो । स्थानीय तहको निर्वाचनमार्फत पार्टी संगठन ६० प्रतिशत वडामा पुगेको उहाँको दाबी थियो ।