२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानाडासँग दुई एक दिवसीय शृंखला खेल्दै नेपाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपालले क्यानाडासँग दुई वटा एक दिवसीय क्रिकेट खेल खेल्ने भएको छ । दुवै खेल क्यानाडामा हुनेछ ।

सो प्रयोजनका लागि यही असार १४ गते नेपाली टिम क्यानाडा प्रस्थान गर्ने गरी नेपाल क्रिकेट संघ (क्यान) तयारी गरेको बताइएको छ ।

नेपालले क्यानाडासँग असार २० र २१ गते दुई वटा एक दिवसीय खेल खेल्ने खेल तालिका छ । यसअघि क्यानाडामा नेपालले असार १७ गते ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ ।

आईसीसी लिग२ अन्तर्गत स्कटल्यान्डमा हुने शृंखलाअघि तयारी गर्न क्यानाडासँग शृंखला खेल्न लागेको हो । क्यानाडासँग शृंखला सकिएपछि नेपाली टिम सोझै स्कटल्यान्ड जानेछ ।

स्कटल्यान्डमा नेपालले घरेलु टिमसँग दुई वटा र नामिबियासँग दुई वटा एक दिवसीय खेल खेल्नेछ । नेपालले पहिलो खेल नामिबियासँग असार २७ गते खेल्ने कार्यक्रम छ ।

यसअघि अमेरिकामा आईसीसी लिग२ मा नेपालले एक जित, एक बराबरी र दुई खेलमा हार बेहोरेको थियो । अमेरिकामा नेपालले घरेलु टिम अमेरिका र ओमानसँग दुई/दुई वटा एक दिवसीय खेल खेलेको थियो ।

आईसीसी लिग२ मा नेपालले अहिलेसम्म जम्मा १६ खेल खेल खेल्दा १५ अंकसहित पाँचौँ स्थानमा छ ।

टिम घोषित, बसिर र पवन समावेश, सुनिल, सुशन र सागर आउट

यसैबीच क्यानडा टुर र आईसीसी लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

घोषित टिममा आईसीसी लिग–२ का लागि अमेरिका भ्रमण गरेको टिमबाट सुनिल धमला, सुशन भारी र सागर ढकाललाई टिमबाट हटाइएको छ भने बसिर अहमद र पवन सर्राफलाई नयाँ टिममा समावेश गरिएको छ ।

टोलीका अन्य सदस्यहरुमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेटकिपर आसिफ शेष, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेष, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो र विनोद भण्डारी छन् ।