२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा जीप दुर्घटनामा परी एक जनाको मृत्यु, नौ घाइते



अ+ अ-

ओखलढुङ्गा । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ६ हिलेपानीमा  आइतबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

दुर्घटनामा परी बाराका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै निधन भएको हो । जीपमा चालकसहित १० जना रहेकोमा एक जनाको ज्यान गएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सिद्धिचरण नगरपालिका २ ठूलाछापको निशंखेबाट काठमाडौं जाँदै गरेको बा ११ च ५२१० नम्बरको जीप सडकबाट ५० मिटर तल खसेको थियो । 

घाइतेमध्ये एक शिशुसहित चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

गम्भीर घाइतेको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।