काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय मर्यादा विपरितका गतिविधि बन्द गर्न पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनु भएको छ ।
अध्यक्ष ओलीले वेल घेराउ गर्ने र तोकिएको नारामात्रै लगाएर हामी आफैले निधारण गरेर संसदीय मर्यादा, सीमाको ख्याल गर्न पनि पार्टीका सांसदहरुलाई सचेत समेत गराउनु भयो । एमालेका सांसदहरुले आफ्नो दल फुटाउन भूमिका खेलेको भन्दै प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध चर्का नाराबाजी लगाउने क्रममा माईक तान्ने र सभामुखलाई हिर्काउने लगायतका हर्कत गरेका थिए । त्यसप्रति सचेत गराउँदै उहाँले त्यसो नगर्न पार्टीका सांसदहरुलाई आग्रह गर्नु भयो ।
आईतबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सभामुख सापकोटाले पदीय आचरण विपरित काम गरेकाले सांसदको अवरोध गर्ने जारी गर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘संसदको यो अवरोध जारी रहन्छ । जारी राख्नुपर्छ । हामीले बmुभ्mनुपर्ने कुराहरु दलको बैठकबाट, बोल्न सकिन्छ, मिडियामा मिट द प्रेस गरेर बोल्न सकिन्छ । या समाचार माध्यामहरुमा गएर बोल्न सकिन्छ । र त्यसको बारेमा हामी व्यापक रुपमा ब्याख्या गर्नेछौं । र यसलाई स्पष्ट पार्दै जानेछौं । तर एउटा कुरा म माननीयजीहरुलाई भन्न चाहन्छु–आग्रह गर्न चाहन्छु–हामीले संसदीय मर्याया भित्र तोकिएका नाराहरु, त्यो भन्दा फाल्तु नाराहरु लगाउँदैनौं । हामीले तोकिएको व्यवहारहरु छन । हामी वेलमा जान्छौं । वेलमा गएर नारा लगाउँछौं ।
नारा लगाउने तरिका हुन सक्छ । अलि सामान्य अवस्था आयो भने विस्तारा नारा लगाउने, अलि बढि एग्रेसिब भएर सभामुख आउँदा, सत्तापक्ष आउँदा अलि चर्को स्वरमा नारा लगाउने हुन सक्छ । तर हामीले नारा लगाउने र वेलमा जाने भन्दा बाहिर, त्यो संसदीय मर्यादाभन्दा बाहिर जानु हुँदैन । र मैले कतिपय साथीहरुले बोलेको भन्ने रिर्पोट पनि सुने–हाम्रो चाँही सभामुखलाई माईक हान्ने षडयन्त्र थियो, योजना थियो भनेर । त्यस्तो थिएन । त्यस्तो नभएको कुरा हामीले मिडियामा बोल्न हुँदैन । मिडिमा हुँदै नभएको कुरा बोल्नु बाञ्छनीय हुँदैन । हाम्रो त्यस्तो योजना छँदै थिएन । त्यसकारण हाम्रा माननीयजीहरुले बोल्दा, व्यवहार गर्दा जिम्मेवारीपूर्वक बोल्ने, व्यवहार गर्नुपर्ने हुन्छ । एक जनाको व्यवहारले अथवा काँध चढेर माथि जाने, खेल्ने कुराहरु नगर्नू । किनभने, त्यो एउटा देखाउने कुरा मात्रै हुन्छ । के हामीले साँच्चै मर्यादापालकहरुको घेरा तोडन खोजेको भए बेग्लै ढंगले प्रस्तुत हुन्थेउ होला नि ।
मर्यादापालकहरु घेरा हामीले तोडन खोजको होईन । मर्यादापालकहरुले घेरा लगाउछन, लगाउन । हामी आफ्नो ठाउँमा नारा लगाउँछौं । तर नारा लगाउनका लागि वेलमा स्पेस दिने गरी मर्यादापालकहरु रहनुपर्ने हुन्छ । हामी त्यो कुरा सत्तापक्ष र सभामुखलाई सचेत गराउन चाहन्छौं । हामी संसदलाई अस्तव्यस्त बनाउने गरी विरोध प्रर्दशन गर्ने पक्षमा छैनौ ।’
अध्यक्ष ओलीले सरकारले ल्याएको बजेटसम्बन्धि प्रतिस्थापन विधेयकले सत्ताहरु दलहरुभित्रै फुट लाउने दावी समेत गर्नु भयो । पाँच लाख गरिवलाई १०÷१० हजारका दलले राहत दिने व्यवस्थासहित सरकारले ल्याएको बजेटले सत्तारुढ दलहरु आफ्नै पनि हित नगर्ने अध्यक्ष ओलीको तर्क थियो । सो प्रतिस्थापन विधेयकमा घण्टाघर भत्काउने कुरा उल्लेख गरिएको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले घण्टाघर बनाउन नसक्ने पनि बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘यो बजेट जनतालाई राहत, सहुलियत दिने कुरामा उदासिन छ । र यो कार्यान्वयन गर्न खोज्यो भने भ्रष्टचार बाहेक केही पनि पाउँदैन । ५ लाख मान्छेलाई १०/१० हजारका दरले वितरण गर्ने, के आधारमा ? कुन पादपण्ड, कसलाई ? यसले सत्ताधारी गठबन्धन भित्र पनि समस्या पैदा गराउँछ । यस भित्र पनि समस्या पैदा गराउँछ । यति यो गठबन्धन जसरी पनि टिकाउने हो भने बेग्ले कुरा हो, नत्र भने यो विल्कुले ठिक छैन । यसको मनसाय ठिक छैन । यसको कार्यान्वयन पनि हुन सक्दैन । कार्यान्वयन गर्न खोजियो भने स्वईच्चाचारिता हुनेछ । र एउटा पार्टीको कार्यकर्तालाई पकेट खर्च यो सायद दशैंका लागि पकेट खर्च वितरण गर्ने कुरा होला । सरकारले यो कुन गरिवलाई वितरण गर्छ ? वितरण गर्ने खालको टवाक्क संख्या सरकारले कहिले सुन्या हो ? अथवा यो सबै अन्धाधुन्ध, लहडबाजीको आएको कुरा हो ।
यसले मानव संशाधन विकासको सन्दर्भमा छुट्टयाइएको बजेट र कार्यक्रम रद्ध गरेको छ । बजेटलाई कटौति ग¥या छ । अथवा यो पूर्वाधार विकासमा पनि ठिक छैन । गाउँगाउँमा बाटो पुग्थे । सदरमुकामसम्म बाटो पुग्थ्यो । रणनीतिक सडकहरु पुग्थे । ती आयोजना नै काटिदियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम काटियो । अव अरु कुरा छाडेर बनाउन चाँही के गर्छ कुन्नि । घण्टाघर भत्काउने कुरा चाँही घोषणा भएको देखिन्छ । म माननीयजीहरुलाई भन्न चाहन्छु–तपाईहरु नोट गरि राख्नुहोस्, भत्काउन चाँही यसले सक्ने भो । तर बनाउन चाँही यसको बुताले सक्ने कुरा होईन, सक्दैन ।’
अध्यक्ष ओलीले सभामुखका कारण सरकारले ल्याएको प्रतिस्थापन विधेयक पनि सहज ढंगले अघि बढाउन सक्ने अवस्था नभएको पनि स्पष्ट पार्नु भयो । उहाँले बजेटसम्बन्धि प्रतिस्थापन विधेयक पेश गर्ने बेलामा अर्थमन्त्री जनार्दन शर्माले संसदीय मर्यादा विपरितका गतिविधि देखाएको आरोप पनि लगाउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘बजेट त देशमै लागू गर्ने कुरा हो । हामीलाई बजेट प्रस्तुत गर्ने दिन था नभएको होईन । तर दूभाग्र्य के भने मन लागेर पनि सहज ढंगले दिनसक्ने अवस्था सभामुखका कारण, उहाँका आचरणका कारण रहेन ।’
अध्यक्ष ओलीले सभामुख सापकोटा आफै आफ्नो पार्टीलाई फुटाउने षडयन्त्रमा सामेल भएर पदीय दूरुपयोग गरेको भन्दै पटक पटक आक्रोश समेत व्यक्त गर्नु भयो ।














